Mon. Apr 29th, 2024

काठमाण्डौं-४ मा कांग्रेसका थापा विजयी

भिओके समाचार/काठमाण्डौं, २०७९ मंसिर ६ गते मंगलबार । काठमाण्डौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार ९ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments