मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरूङ विजयी
काठमाण्डौं, २०७९ मंसिर ५ गते सोमबार । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गर्नुभयो ।
कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य गुरुङ मनाङ कांग्रेसको पूर्व सभापति हुनुहुन्छ । उहाँ पूर्व श्रम राज्यमन्त्री हुनुहुन्छ ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गर्नुभएको छ भने १९ मत बदर भएको छ ।
त्यसैगरी मनाङ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ । प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध हुनुभएको थियो । रासस