Fri. May 3rd, 2024

आसत्र निर्वाचनले हाम्रा सन्ततिको भविष्य निर्माण गर्नेछ : डा. कोइराला   

मोरङ, २०७९ कात्तिक २६ गते शनिबार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसत्र निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताउनुभएको छ । पार्टीको महानगर समितिद्वारा आज साँझ विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति’ विषयक अन्तरक्रियामा उहाँले सन्तानको स्वर्णिम भविष्य निर्माण गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

नेता कोइरालाले मुलुकमा सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरी सङ्घीय गणतन्त्रलाई स्थायित्व प्रदान गर्न गठबन्धन दलका उम्मेदवारलाई छान्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकलाई समृद्धि कायम र रोजगारी सिर्जना गर्ने उम्मेदवार छान्न आवश्यक रहेको छ ।”

राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले जनताको विकासको चाहना पूरा गर्नका लागि गठबन्धनका दलका उम्मेदवारको विजयी सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नेकांका केस एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले मुलुकमा उद्योग व्यवसाय स्थापनामा बाधा उत्पन्न हुने कानुन एवं नीति परिवर्तन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेकांले आप्mनो सङ्कल्पपत्रमा स्रोतको सुनिश्चितता कायम गरी पूरा गर्न सक्ने योजना राखेको विश्वास दिलाउनुभयो । नेका नगर सभापति दीपक चापागाइँ, उपसभापति निरज कोइराला र पूर्वमुख्य सचिव विमल कोइरालाले लोकतन्त्रको लाभांश गरिव एवं पिछडिएका जनताले उपयोग गर्न पाउनुपर्ने विचार राख्नुभयो । रासस

Facebook Comments