Mon. Dec 23rd, 2024

गुजरातमा झोलुङ्गे पुल भाँचिदा १ सय ४१ जनाको मृत्यु

गुजरात । भारतको गुजरातमा पुल भाँचिदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भाँचिदा कयौँ मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घभीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनु भएको छ । उहाँले घटनास्थलमा उद्धारको काम भइरहेको जानकारी दिनुभएको छ ।

पुल भाँचिदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । एजेन्सी

Facebook Comments