Mon. May 6th, 2024

मनकामनाका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पाल्पा, २०७९ कात्तिक १३ गते आईतबार । पाल्पाबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागी छुटेको बस आज बिहान दुर्घटना भएको छ ।

दुर्घटनामा परि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाको रम्भा गाउँपालिका-१, हुँगीबाट छुटेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना भएको हो ।

रेडियो नेपालका अनुसार दुर्घटनामा २४ जना घाइते भएको प्रहरी चौकी डेढ गाउँले जनाएको छ । ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटनामा रम्भा गाउँपालिका-१ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका-९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पतालमा लगेका छन् ।

Facebook Comments