Tue. Dec 24th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको तयारी बैठक सम्पन्न, सी चिनफिङद्वारा अध्यक्षता

Xi Jinping presides over a preparatory meeting for the 20th National Congress of the Communist Party of China (CPC) at the Great Hall of the People in Beijing, capital of China, Oct. 15, 2022. (Xinhua/Ju Peng)

पैचिङ्ग, २०७९ असोज २९ गते शनिबार । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको पूर्व तयारी बैठक १५ तारिख दिउँसो ग्रेट हल अफ द पिपुलमा आयोजना भएको छ । सो बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टीका वर्तमान महासचिव सी चिनफिङले गर्नुभएको थियो।


चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनका प्रतिनिधि र ‘विशेष आमन्त्रित’ व्यक्तित्वगरी लगभग २ हजार ३ सय ७९ प्रतिनिधिहरु रहेका छन्। तयारी बैठकमा २ हजार ३ सय १० जना प्रतिनिधि र विशेष आमन्त्रित प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

बैठकले हात उठाएर मतदान गर्दै २२ सदस्यीय प्रतिनिधि योग्यता समीक्षा समितिको सूची पारित गरेको छ। यस्तै २ सय ४३ सदस्यीय सम्मेलनको अध्यक्ष मण्डलको सूची पारित गरेको छ भने वाङ हु निङलाई सम्मेलनको महासचिवमा अनुमोदन गरेको छ।

बैठकले २०औं महाधिवेशनको एजेण्डा पनि पारित गरेको छ। सीएमजी

Facebook Comments