Tue. Dec 24th, 2024

खानी विस्फोटमा टर्कीमा २८ जनाको मृत्यु, थुप्रै फसे   

अमासरा, टर्की,  २०७९ असोज २९ गते शनिबार । उद्धारकर्ताहरूले शनिबार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जन भन्दा बढी खानी कामदारहरूलाई उद्धार गरेका छन् । खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु भएको थियो।  केही पश्चिमा सञ्चार माध्यमहरुले भने उक्त दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको समाचार लेखेका छन् ।

“हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ । उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,” आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिनु भएको छ ।

सोइलुले यसअघि टर्कीको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्ये एक सो दुर्घटनामा करिब ११० जना कामदारले काम गरिरहेका थिए ।

ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो। विस्फोटबाट प्रभावित सुरुङहरू जमिनबाट करिब ३०० र ३५० मिटर (गज) तल रहेको अनुमान गरिएको छ।

स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यसअघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्वीट गर्नुभएको थियो । केही कामदारहरू विस्फोटपछि आफै बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरिएको थियो । सो घटनापछि टेलिभिजनमा हृदयविदारक तस्बिरहरू देखाइएका थिए जसले घटनालाई नजिकबाट नियाल्न सहयोग पुगेको थियो । राससए.एफ.पी

Facebook Comments