Sat. May 4th, 2024

महिला दश हजार मिटर दौडमा सन्तोषीको स्वर्ण   

पोखरा, २०७९ असोज २९ गते शनिबार । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जित्नुभएको हो । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभएको हो ।

राजपुराले उक्त दूरी ३६ मिनेट २९ दशमलव ४५ सेकेन्ड समय खर्चदै दोस्रो स्थानमा रहनुभयो । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)की पुस्पा भण्डारी तेस्रो रहनुभयो । पुस्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहुनुभएको हो ।

सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जित्नुभएको थियो । त्यतिबेला उहाँले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ ।

खेलपछि सन्तोषीले राष्टिय किर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताउनुभयो ।

उहाँले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रर्दशन गर्न नसकेको र किर्तिमान तोड्न गाह्रो भएकोसमेत बताउनुभयो । शारीरिक भन्दा पनि मानसिक रुपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो । रासस

Facebook Comments