Sun. May 19th, 2024

बाराको प्रसौनी गाउँपालिकामा महिला र उहाँका दुई सन्तानको हत्या भएको आशंका

काठमाण्डौं, २०७९ असोज २६ गते बुधबार । । बाराको प्रसौनी गाउँपालिकामा एक महिला र उनका दुईजना छोरा-छोरी मृत अवस्थामा फेला परेका छ । उक्त घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  मृत्यु हुनेमा प्रसौनी गाउँपालिका-५ प्रस्टोका घर भएका २५ वर्षीया सुजाता चौधरी र उहाँका १६ महिनाका छोरा राजविर चौधरी र ४ वर्षीया छोरी ताहिरा चौधरी रहेको बाराका एसपी होबिन्द्र बोगटीले बताउनु भएको छ ।

उनीहरूको शव प्रसौनी-७ स्थित डोरा खोलाको किनारमा भेटिएको थियो । ताहिरा र राजवीरको शव भन्दा करिब ३ सय मिटर पर आमाको शव भेटिएको र मृतक तीनै जनाको घाँटीमा हतियारको चोट देखिएको बाराका एसपी बोगटीले बताउनु भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

Facebook Comments