Sun. May 19th, 2024

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाण्डौं, २०७९ असोज २४ गते सोमबार । ठूलो अंकले बढेको भोलिपल्टै सोमबार नेप्से परिसूचक २७.१६ अङ्कले घटेर १८७१.२२ को विन्दुमा पुगेको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.३६, फ्लोट इण्डेक्स २.०६ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२९ अंकले घटेको छ । आज कूल २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

आज १२ वटा सूचकहरु घटेका छन् भने एक वटा सूचक बढेको छ । आज विकास बैंक समूह सर्वाधिक २.६५ प्रतिशतले घटेको छ । वित्त समूह २.३९, बैंकिङ समूह १.१४, व्यापार समूह ०.५४, होटेल तथा पर्यटन समूह १.७५, जलविद्युत समूह २.१, निर्जीवन बीमा समूह १.४९, उत्पादन तथा प्रशोधन समूह ०.८६,  अन्य समूह १.३८, लघुवित्त समूह १.७२, जीवन बीमा समूह ०.८ र लगानी समूह १.३४ प्रतिशतले घटेका छन् । आज सिभिल लघुवित्तका शेयरधनीहरुले धेरै गुमाएका छन् । यो लघुवित्तको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

आज म्युच्युअल फन्ड समूह मात्रै ०.८४ प्रतिशतले उकालो लागेको छ । आज अभियान लघुवित्तका शेयरधनीहरु मालामाल भएका छन् । यो लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक १६ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको संस्थापक शेयर ६ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ४ करोड ८२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ५८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २ करोड ९ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १ करोड ७४ लाख रुपैयाँ, हिमालयन पावर पाटर्नरको १ करोड ६६ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ६५ लाख रुपैयाँ, रिडी पावरको १ करोड ५८ लाख रुपैयाँ र अपी पावरको १ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएका छन् ।

Facebook Comments