Sun. May 19th, 2024

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाण्डौं, २०७९ असोज २३ गते आईतबार । दशैंपछिको पहिलो कारोबार दिन शेयर बजारमा हरियाली छाएको छ ।  आइतबार नेप्से सूचक ४४.६२ अंकले बढेर १८९८.३८ को विन्दुमा पुगेको छ । आइतबार सेन्सेटिभ इण्डेक्स ८.७८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढेको छ । आज कूल २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर ८३ करोड ६८ लाख ७३ हजार १४० रुपैयाँमा खरिदबिक्री भएको छ ।

आज १३ वटै सूचकमा हरियाली छाएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ४.५० प्रतिशतले बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.९५ प्रतिशतले बढेको छ । त्यसैगरी, आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.८४ प्रतिशतले बढेको छ । कारोबारमा आएको गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । आज मूल्य घटेका शीर्ष १० स्टकमध्ये अधिकांश म्युच्युअल फण्ड रहेका छन्।

कारोबार रकमका आधारमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको २२ करोड ६९ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । त्यस्तै, आज नबिल बैंकको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

Facebook Comments