Sun. May 19th, 2024

भरतलाई झट्का, बुमराहले टि-२० विश्वकप गुमाउने

भारतीय क्रिकेट टोलीका प्रमुख फास्ट बलर जस्प्रित बुमराहले आईसीसी टि–२० विश्वकप गुमाउने हुनु भएको छ ।
बुमराहले चोटका कारण दुइ सातापछि अष्ट्रेलियामा आयोजना हुन लागेको विश्वकप गुमाउनु हुने भएको हो । दुइ सातापछि अष्ट्रेलियामा हुने टि–२० विश्वकप गुमाउने पक्का भएको छ ।

भारतले औपचारिक रुपमा बाहिरिएको जनाएको छ । बीसीसीआईका अनुसार बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । उहाँको प्रतिस्थापनको रुपमा टिममा कसलाई समावेश गर्ने केही दिनमा पुङ्गो लाग्नेछ ।

लामो समय देखि चोटका कारण टिम बाहिर रहदै आउनु भएका बुमराहले दुई साता अघि अष्ट्रेलियाविरुद्धको दोस्रो टि–२० आई खेलबाट पूनरागमन गर्नु भएको थियो । बुमराहको गत मंगलबार अभ्यासको क्रममा ब्याक इन्जुरी भएको थियो । यसै कारण उहाँले दक्षिण अफ्रिका संगको दोस्रो टि–२० आई गुमाउनु भएको थियो ।

टि–२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा आयोजना हुदै छ ।

Facebook Comments