Wed. May 8th, 2024

बडादशैंको पाँचौं दिन आज देवीस्कन्दमाताको पूजाआजा गरिँदै

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज १४ गते शुक्रबार । नेपालीहरुको महान चाड बडादशैंको पाँचौं दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवी स्कन्दमाताको पूजा आराधना गरिँदै छ।

नवरात्रिकको पाँचौं दिनमा शक्ति स्वरुपा देवी स्कन्दमाताको पूजाआराधना गर्ने प्रचलन रहेको छ । स्कन्दमाता भवानीको उपासना र आराधना गर्नाले सबै प्रकारको इच्छापूर्ति हुने शास्त्रीय कथन रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

Facebook Comments