Mon. Dec 23rd, 2024

नेपाली कांग्रेस खबरदारी अभियानले गर्‍यो चियापान कार्यक्रम

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज १३ गते बिहीबार । नेपाली कांग्रेसको खबरदारी अभियानले तिहार र छठका अवसरमा बिहीबार चियापान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति दशैं, तिहार र छठका अवसरमा शुभकामना आदानप्रधान गरिएको कांग्रेस खबरदारी अभियानले जनाएको छ ।

चियापानमा कांग्रेस नेता शेखर कोइराला, गगन कुमार थापा लगायत सहभागी हुनुभएको थियो । चियापानमा सहभागीहरूले समानुपातिक बन्दसूचीमा अन्याय भएको र यस्तो अवस्थामा प्रत्यक्षतर्फ पनि देखिन सक्ने भएकाले सजग हुनुपर्ने बताउनु भएको छ । कांग्रेस युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस सबैको साझा पार्टी भएकाले सबै नेता तथा कार्यकर्ताको भावना अनुसार नेतृत्व अघि बढ्नुपर्ने बताउनुभएको छ । टिकट वितरण न्यायोचित ढंगले गर्नुपर्ने शाहीले उक्त कार्यक्रममा बताउनुभएको छ ।

मंसिर ४ गते हुने निर्वाचनको सिट बाँडफाँटमा समान अवसर दिनुपर्ने भन्दै शेखर कोइराला समूहले निरन्तर आवाज उठाइरहेको छ भने बुधबार पार्टी कार्यालय सानेपामा धर्ना समेत दिएको छ ।

Facebook Comments