Sat. May 11th, 2024

डेंगु संक्रमितको संख्या २५ हजारभन्दा बढी, ३२ जनाको मृत्यु

काठमाण्डौं, २०७९ असोज ११ गते मंगलबार । हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार ५ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २५ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यस्तै हालसम्म वागमती प्रदेशमा १९ हजार ९ सय १० केस देखिएको छ ।

त्यस्तै लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ०४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३ सय ८०, कर्णालमा २ सय ३१ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Facebook Comments