Wed. Apr 17th, 2024

९ बर्ष पछि अष्ट्रेलियाविरुद्ध घरेलु भूमिमा टी-२० सिरिज जित्ने लक्ष्यमा भारत

काठमाण्डौं, २०७९ असोज ९ गते आईतबार । भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी-२० आई सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज खेलिदै छ । राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हैदराबादमा खेलिने खेल नेपाली समय अनुसार साझ ७ः१५ बजेदेखि सुरु हुने छ ।

हाल दुवै टोली सिरिजमा १-१ को बराबरी अवस्थामा छन् । आजको खेल जित्दै भारत ९ बर्ष पछि अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा टि-२० आई सिरिज जित्ने योजनामा छ । भारतिय भूमिमा अष्ट्रेलियाले उसलाई कडा टक्कर दिदै आएकाले आजको निर्णायक खेल रोमाञ्चक हुने आशा गरिएको छ ।

भारतले सन् २०१३ यता अस्ट्रेलियाविरुद्ध आफ्नो माटोमा कुनै पनि टी-२० सिरिज जितेको छैन । पछिल्लो पटक भारतले अस्ट्रेलियालाई ९ वर्षअघि २०१३ खेलिएको टि-२० सिरिजमामा १-० ले हराएको थियो । त्यसपछि २०१७ मा भएको टी-२० सिरिज १–१ को बराबरीमा सकिदा दुई देशले भारतमा पछिल्लो पटक २०१९ मा खेलेका थिए । सो टी-२० सिरिज अष्ट्रेलियाले २-० ले जितेको थियो ।

हैदरावाद टी–२० मा भारतीय टोलीले आफ्नो बलिङलाई बलियो बनाउन सक्छ । यस्तो अवस्थामा ऋषभ पन्तलाई प्लेइङ इलेभेनबाट बाहिरै राख्ने सम्भावना देखिन्छ । उहाँको स्थानमा भुवनेश्वर कुमार फर्किने सम्भावना छ । भुवनेश्वरले दोस्रो टी-२० खेल्नु भएको थिएन । जसप्रित बुमराह टोलीमा फर्किएपछि डेथ ओभरमा बलिङको समस्या समाधान भएको छ । यस्तो अवस्थामा भुवनेश्वर कुमारले ओपनिङ ओभर गर्ने सक्नु हुनेछ ।

दुवै टोलीको सम्भावित प्लेइङ ११

भारत:
रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, दिनेश कार्तिक, अक्षर पटेल, हर्षल पटेल, भुवनेश्वर कुमार, जसप्रित बुमराह र युजवेन्द्र चहल ।

अस्ट्रेलिया:
आरोन फिन्च (कप्तान) क्यामरन ग्रीन, स्टीभ स्मिथ, ग्लेन म्याक्सवेल, शन एबोट, म्याथ्यू वेड, टिम डेभिड, डेनियल साम्स, एडम जाम्पा, प्याट कमिन्स र जोस हेजलवुड ।

Facebook Comments