Sat. May 4th, 2024

सिरियामा आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु

बेरुत, २०७९ असोज ७ गते शुक्रबार । सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिनुभएको छ ।

सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ । रासस

Facebook Comments