Sat. Jul 27th, 2024

नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत

g]kfn sDo'lgi6 kf6L{ g]skf s]G›Lo sldl6sf] bf];|f] k""0f{ a}7ssf] lalxaf/ ;d""xut 5nkmndf pkl:yt g]tfx? . sf7df8f}Fsf] /fli6«o;efu[xdf a'waf/b]lv a}7s hf/L 5 . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं, २०७६ माघ १७ गते शुक्रबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ ।

पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन दिन थालिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनका अनुसार यही माघ १५ गतेदेखि शुरु भएको सो बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ शुरु भएको हो । बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा जारी छ ।

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ । बैठकले समसामयिक प्रस्ताव पनि पारित गर्नेछ ।

Facebook Comments