Sun. May 5th, 2024

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु भोली नेपाल आउनुहुँदै

काठमाण्डौं, २०७९ भदौं २६ गते आईतबार । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु नेतृत्वको उच्चस्तरीय टोली चार दिने भ्रमणका लागि भोली नेपाल आउँदैछ ।

चीनको सर्वोच्च विधायिकी अंग जनकंग्रेसका अध्यक्ष लि सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा भोली भदौ २७ गतेदेखि ३० गतेसम्म नेपाल भ्रमणमा आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अध्यक्ष लि नेतृत्वको चिनियाँ टोली (सोमबार) दिउँसो सवा ३ बजे विशेष विमानबाट काठमाडौं आउने र बिहीबार बिहान ९ बजे सोही विमानबाट स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणपछि नेपाल आउने लि चान्सु उच्च तहका चिनियाँ राजनीतिज्ञ हुनुन्छ । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा सहित प्रमुख दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम छ ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरे लगत्तै हुन लागेको चीनका उच्च अधिकारीको यो भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।

Facebook Comments