Sun. May 19th, 2024

शेयर बजारले समात्यो बुलिस ट्रेन्ड

भिओके समाचार/ काठमाण्डौं, २०७९ साउन १५ गते आइतबार । केही दिनदेखि बढ्ने ट्रेन्डमा रहेको शेयर बजारले आइतबार पनि बुलिस ट्रेन्डलाई नै कायम राखेको छ । आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले बढेर २१९५.१० को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३७ प्रतिशतले बढेर ४१९.२० को विन्दुमा पुगेको छ । आज कूल २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार  २ सय ७२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

आज १३ वटै सूचकहरूमध्ये १२ वटा बढेका छन् भने १ वटा घटेको छ । आज कारोबार भएका सूचकहरूमा बैंकिङ २.९२, व्यापार क्षेत्र ३.६२, होटल तथा पर्यटन २.७, विकास बैंक  ०.७८, जलविद्युत् ०.८, निर्माण तथा उत्पादन क्षेत्र १.८३, माइक्रो फाइनान्स १.१, जीवन बीमा ४.१६, म्युच्युअल फन्ड ०.७५ प्रतिशतले बढेका छन् ।

आज कारोबार भएका ५ वटा बीमा कम्पनीहरूको  शेयरमूल्य १० प्रतिशतले  बढेका छन्  भने अरू  ५ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतको हाराहरीमा  बढेका छन् । आज नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगाएका छन् भने  स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् ।

बीमा कम्पनीहरुको शेयरमूल्य बढेसँगै आज जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेका छन् । त्यस्तै आज  अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेका छन् भने होटल, पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेका छन् ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । आज यस कम्पनीको २१ करोड ३४ लाख रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल टेलिकम, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिष्ट्रिलरीको १० करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज फाइनान्स क्षेत्र १.६ प्रतिशतले घटेको छ । त्यसैगरी, नेशनल हाइड्रोपावर कम्पनी र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

Facebook Comments