Fri. May 17th, 2024

भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुद्वारा शपथग्रहण

प्रधान न्यायाधीश एन. भी. रमनबाट शपथ खाँदै भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मु । फोटो : एजेन्सी

नयाँ दिल्ली, २०७९ साउन ९ गते सोमबार । भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार शपथ लिनुभएको छ । भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएकी ६४ वर्षीया मुर्मुलाई प्रधान न्यायाधीश एन. भी. रमनले शपथ खुवाउनुभएको हो । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा शपथ खुवाउने व्यवस्था छ ।

नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए ।  नवनिर्वाचित राष्ट्रपतिलाई शपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा जानु भएको थियो ।

भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने भएको छ । वर्तमान उपराष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो । एजेन्सी

Facebook Comments