Fri. May 17th, 2024

   कम्बोडियाद्वारा अमेरिकाको “कम्बोडिया लोकतन्त्र र मानव अधिकार ऐन २०२२” को आलोचना   

नोम पेन्ह, २०७९ साउन ७ गते शनिबार । कम्बोडियाको सिनेटले शनिबार संयुक्त राज्य अमेरिकाले हालै जारी गरेको “कम्बोडिया प्रजातन्त्र र मानव अधिकार ऐन २०२२” को आलोचना गरेको छ । उसले उक्त ऐनमा पक्षपाती, निराधार र पूर्वाग्रहपूर्ण सामग्री रहेको बताएको छ। सिनेटले विज्ञप्ति जारी गर्दै उक्त ऐन भूराजनीतिक स्वार्थले अभिप्रेरित रहेको टिप्पणी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ-यो विधेयकले सार्वभौमसत्ता सम्पन्न राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, शान्ति र राजनीतिक स्थायित्व कायम गर्न र सबैका लागि सामाजिक-आर्थिक विकासको बाटोमा अगाडि बढाउँने काममा बाधा पुर्याउँन सक्ने बताएको छ ।

यसबाहेक उक्त ऐन दुई राष्ट्रका जनताको भावना र साझा आकाङ्क्षाको विपरीत रहेको समेत टिप्पणी गरेको छ । (रासससिन्ह्वा

Facebook Comments