Fri. May 17th, 2024

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाण्डौं, २०७९ साउन ६ गते शुक्रबार । अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ ।

अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपति बाइडेनले कोभिड-१९ का केही लक्षण अनुभव गर्नुभएको जनाएको छ । उहाँले प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थाल्नु भएको छ।

उहाँले सिँगान बग्ने, बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस गर्नुभएको छ । राष्ट्रपति बाइडेनले आफ्नो स्वास्थ्य ठीक रहेको र आफूप्रति दर्शाईएको चासो अनि चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद दिनु भएको छ ।

यसैबीच आफ्ना अमेरिकी समकक्षीलाई कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उहाँलाई सहानुभूति सन्देश पठाउनु भएको छ । सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको सिन्ह्वाले जनाएको छ ।

Facebook Comments