Thu. May 16th, 2024

ताइवानमा कोभिड-१९ नियन्त्रणका लागि लिइएका उपाय खुकुलो पारियो   

ताइपेइ, २०७९ साउन ५ गते बिहीबार ।  ताइवानले केही कोभिड नियन्त्रणका केही उपायलाई खुकुलो पारेको छ ।

ताइवानका शहरी क्षेत्रमा अझै पनि लागू अवस्थामा रहेका मास्कको प्रयोग, सार्वजनिक स्थल र यातायातको सामान्य सञ्चालन पुनः शुरू गर्न नियमहरूलाई आवश्यकता अनुसार समायोजन गरेको ताइवानको रोग नियन्त्रण तथा अनुगमन निकायले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबारदेखि मोटरसाइकल चालक र साइकल सवारले मास्क लगाउनु नपर्ने भएको छ । तर मास्क बोक्नु र समूहमा जाँदा लगाउनु भने अझै अनिवार्य हुने विज्ञप्तिमा बताइएको छ ।

नयाँ नियममा लागू हुने अन्य परिस्थितिहरूमा व्यायाम गर्नु, बाहिर खुला स्थानहरूमा काम गर्नु र एकल वा समूहमा फोटो लिनु समावेश छ । मानिसहरूले बाहिर निस्कँदा मास्क लगाउनु आवश्यक छैन ।

अब सुपरमार्केट र बजारलगायत सार्वजनिक स्थलमा आगन्तुक को प्रवाहमा विना रोकतोक जान सकिने र सार्वजनिक यातायातमा जाने यात्रुहरूले सवारी साधनमा खाना वा अन्य खानेकुरा खान सक्नेछन् ।

यस द्वीपमा कोभिड–१९ महामारी घट्दै गइरहेको बताइए पनि मंगलबार २६ हजार ९४३ जनामा सङ्क्रमण पुष्टि भएको र ५७ जना कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको रोग नियन्त्रण तथा अनुगमन निकायले जनाएको छ ।  सिन्ह्वा

Facebook Comments