Sat. May 4th, 2024

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुको राजीनामा

काठमाण्डौं, २०७९ साउन ४ गते बुधबार । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिनुभएको छ । ५२ वर्षीय पुबुदुले लिग-२ अन्तर्गत स्कर्टल्यान्डमा आयोजना भएको स्कर्टल्यान्ड र नामेवियासंगको क्रिकोणत्मक एकदिवसीय सिरिजमा नेपालले निकै खराव प्रदर्शन गर्दै मंगलबार राष्ट्रिय टोली स्वदेश फर्केको दोस्रो दिन बुधबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको हो ।

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिनुभएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पहिलो कार्यकालमा नेपालका लागी सबै भन्दा सफल प्रशिक्षक मानिनु भएका पुबुदको दोस्रो कार्यकाल नेपालका लागी त्यती सफल हुन सकेन । श्रीलंकामा जन्मनु भएका क्यानडियन नगरिक पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा काम गर्नु भएको थियो । सो समय नेपाललाई डिभिजन ५ देखी डिभिजन २ हुदै २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकपमा नेपाललाई पुर्याउनु भएका पुबुदुले दोस्रो कार्यकालमा भने समर्थकहरुको कडा आलोचना खेप्नुपर्यो ।

तत्कालीन प्रशिक्षक डेव वाटमोरले राजिनामा दिएपछि दोस्रो कार्यकालका लागि नेपाली टोली सम्हाल्नु भएका पुबुदु सामु नेपाललाई पुन: टी-२० विश्वकपमा पुर्याउने र लिग २ को शिर्ष ३ मा रहदै एकदिवसीय विश्वकपको ग्लोबल छनोट सम्म पुर्याउने जिम्मेवारी थियो । तर पुबुदु दुबै जिम्मेवारी बहन गर्न असफल हुदाँ ओलोचित हुनु भयो ।

पुबुदुको प्रशिक्षणमा ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रोपल्ट टी-२० विश्वकपमा छनोट हुन सकेन । यसबीच उहाँकै प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत तीनवटा त्रिकोणात्मक शृंखला खेलेको थियो । १२ खेलमा नेपालले ४ जित, १ बराबरी र ७ हारको नतिजा निकालेको छ । यस्तै पपुवा न्युगिनीविरुद्ध घरेलु एकदिवशीय शृंखला खेलेकोमा नेपालले २–० को क्लिन स्विप हार बेहोर्यो ।

उहाँले नेपाली टोलीको प्रशिक्षण सम्हाल्दाँ नेपाली क्रिकेट टोली विभाजित थियो । केन्द्रीय सम्झौतामा चित्त नबुजेका त्तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र तत्कालीन उपकप्तान दिपेन्द्रसिंह एरी लगाएतका खेलाडीहरुले सार्वजनिक रुपमा क्यानको विरोध गर्दा दुबैलाई पदबाट बर्खास्त गरिएको थियो भने ६ महिनाका लागि ति खेलाडीहरुलाई केन्द्रीय सम्झौताबाट हटाउने निर्णय गरिएको थियो पछि सो निर्णय पुनरावलोकन गरिएको थियो । यसैबीच सन्दीप लामीछानेलाई नेपालको नयाँ कप्तानको जिम्मेवारी दिँदा नेपालली टिममा रहेको विभाजनको अन्य भएको थिएन । सो विभाजनलाई चिर्दै राष्ट्रिय टिमलाई एकताबद्ध बनाउने जिम्मेवारी पाउनु भएका पुबुदु यसमा पनि सफल हुन सक्नु भएन ।

Facebook Comments