Fri. May 17th, 2024

मध्य भारतमा बस नदीमा खस्दा १३ जनाको मृत्यु   

नयाँ दिल्ली, २०७९ साउन २ गते सोमबार । भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको छ ।

बसमा ५५ जनाले यात्रा गरिरहेको अपुष्ट जानकारी मिलेको स्थानीय प्रहरी अधिकारीले बताए । “महाराष्ट्रको दक्षिणपश्चिमी राज्य इन्डोर शहरबाट महाराष्ट्रका लागि छुटेको थियो । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना मृतकको पहिचान भइसकेको छ भने अन्य व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धासुमन अर्पण गर्दै उनीहरूका आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले ट्वीटमार्फत् भन्नुभएको छ, “मध्यप्रदेशमा दुःखद् सडक दुर्घटना भएको छ ।” घटनास्थलमा उद्धारकर्मीद्वारा उद्धार कार्य चलिरहेको छ र स्थानीय अधिकारीहरूले प्रभावितहरूलाई सबै सम्भावित सहयोग प्रदान गरिरहेका छन् ।” रासस/सिन्ह्वा

Facebook Comments