Thu. May 16th, 2024

सहरी विकासमन्त्री मेटमणि चौधरी भन्नुहुन्छ, थारू संस्कृति समृद्ध छ

काठमाण्डौं, २०७९ असार ३२ गते शनिबार ।  सहरी विकासमन्त्री मेटमणि चौधरीले थारू भाषा, थारू संस्कृति निकै समृद्ध रहेको बताउनुभएको छ । ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरीको ९१ औँ शृङ्खलाका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका भेषभूषाका साथै लोपोन्मुख बन्दै गएका सांस्कृतिक पक्षको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

थारू जातिका अधिकांश समुदाय मेहनती, इमानदार र लगनशील रहेको बताउँदै उहाँले उनीहरूले अब राजनीतिका साथै राज्यका सबै तहमा प्रतिनिधित्व गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । राज्यको मूल प्रवाहमा आउन नसकेका सबै जाति समुदायका आर्थिक, सामाजिक रुपान्तरणका लागि स्थानीय तहले लक्षित कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

लेखक एवं पत्रकार कृष्णराज सर्वहारीले कृषि पेसामा संलग्न उनीहरू विभिन्न कारणले शिक्षाको महत्त्वलाई कम प्राथमिकता दिएकाले शैक्षिक क्षेत्रमा उपस्थिति न्यून रहेको बताउँदै थारू साहित्यका महत्त्वबारे प्रकाश पार्नुभयो । रासस

Facebook Comments