Fri. May 17th, 2024

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेद्वारा अन्तरिम राष्ट्रपतिको रूपमा शपथ

कोलम्बो,  २०७९ असार ३१ गते शुक्रबार । भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिनु भएको छ ।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको शपथ लिनु भएको हो । । श्रीलङ्कामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताउनुभएको थियो ।

औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुग्नु भएका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाउनु भएको हो । संसद्का सभामुख अबेवर्देनाले एएनआईलाई भन्नुभयो,, “हो, राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ, कानुनी प्रक्रिया अगाडि बढ्नेछ… सदस्यहरूलाई भोलि (राष्ट्रपति चयन गर्न) आमन्त्रित गरिने छ ।”  रासस/   एएनआई

Facebook Comments