Mon. Dec 23rd, 2024

परराष्ट्रमन्त्री खड्का र विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता

काठमाण्डौं, २०७९ असार २६ गते आईतबार । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यानछाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल र चीनबीचको आपसी हितका विषयमा छलफल गर्नुभएको थियो ।

विदेश विभाग प्रमुख लिउ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणमा आज बिहान काठमाण्डौं आइपुगेको हो । रेडियो नेपाल

Facebook Comments