Sun. Apr 28th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यानछाओ काठमाडौंमा

काठमाण्डौं, २०७९ असार २६ गते आईतबार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ च्यानछाओ काठमाडौं आइपुग्नुभएको छ । चार दिने भ्रमणको लागि लिउ केही समय पहिले मात्र त्रिभूवन विमानस्थल ओर्लिनुभएको हो ।

नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी २०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गर्नुभएपछि विभाजन भएको थियो ।

सो विभाजनलाइ रोक्न चिनियाँ कम्युनिष्ट पार्टी र नेपालस्थित चिनियाँ राजदूतावासले निक्कै ठूलो प्रयास गरेता पनि त्यो परिणाममुखी भएन । अन्ततः नेकपा विभाजन भै छाड्यो । आउदा कात्तिक अथवा मंसिर महिनामा केन्द्रीय संसद र प्रदेश संसदको निर्वाचन हुुनुभन्दा पहिले नै चीन नेपालका कम्युनिष्टहरुलाई मिलाउन चाहान्छ । विदेश विभाग प्रमुख लिउ च्यानचाओको यो भ्रमण पनि यसै विषयमसँग सम्बन्धित भएको राजनैतिक विश्लेषकहरुको धारणा रहेको छ । गोरखापत्र अनलाईन

Facebook Comments