Fri. May 17th, 2024

जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या

जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबे

काठमाण्डौं, २०७९ असार २४ गते शुक्रबार । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या गरिएको छ । नारा सहरमा आयोजित एउटा चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहनु भएको बेलामा पत्रकारको भेषमा आएका एक जना बन्दुकधारीले आज बिहान आबेमाथि गोली प्रहार गरेका थिए । गोली प्रहार भएपछि गम्भीर घाइते हुनु भएका आबेलाई हेलिकोप्टरबाट नजिकैको अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याएको केही समयपछि नै चिकित्सकहरुले आबेको निधन भएको जानकारी गराएका थिए । जापानी सञ्चारमाध्यमहरूका अनुसार उहाँ ६७ वर्षका हुनुहुन्थ्यो ।

आबेलाई गोली हान्ने सन्दिग्ध आक्रमणकारी अधबैँसे पुरुष भएको बताइएको छ। गोली प्रहार भए लगत्तै भाग्दा भाग्दै तेत्सुया यामागामी नाम गरेका ति व्यक्तिलाई प्रहरीले पक्राउ गरेका थिए । तेत्सुया यामागामी अहिले प्रहरी हिरासतमा छन्।

भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। पहिलो गोलीबाट कुनै क्षति नपुगेको भए पनि दोस्रो गोली उहाँको गर्दनमा लागेको थियो। गोली लागेपछि उहाँ भुइँमा ढल्नु भएको थियो । गोली प्रहारपछि उहाँको शरीर रक्ताम्मे देखिएको थियो।

यसअघि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा” भएको बताउनु भएको थियो । जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिएको थियो। बीबीसी

https://www.facebook.com/watch?v=1212838022826754

Facebook Comments