Sat. May 4th, 2024

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

काठमाण्डौं, २०७९ असार २२ गते बुधबार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा आफ्ना भनाई राख्ने क्रममा संसद्ले छानबिन समिति बनाएको र त्यसमा आफूले पूर्ण सहयोग गर्ने र पदमा नबस्ने भन्दै राजीनामा घोषणा गर्नु भएको हो ।

प्रतिनिधि सभा बैठक शुरु भएपछि सभामुखले अर्थ मन्त्रालयमाथि उठेको टिप्पणीका विषयमा छानबिन गर्न समिति बनाएको जानकारी सदनलाई गराउनुभएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।

Facebook Comments