Sun. May 19th, 2024

राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री बिरुद्ध बिरोध प्रर्दशन गर्ने

काठमाण्डौं, २०७९ असार २० गते सोमबार । राष्ट्रिय युवा संघ नेपालले अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जानकारी गराई जेठ १४ गते रातिको फुटेज लुकाएको बिरोधमा भोलि मंगलबार हनुमानस्थान सिँहदरबारमा ३ बजे बिरोध प्रर्दशन गर्ने भएको छ ।

अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जानकारी गराई जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भन्दै पन्छिन खोजे पछि अर्थमन्त्री जर्नाधन सर्मा माथि संसद भित्र र बाहिर प्रश्न उठीरहेको छ । अनुसन्धानका लागि सीसीटीभीबाट खिचिएका यस्ता दृष्य ३ महिनासम्म सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिमा व्यवस्था गरिएको छ ।

Facebook Comments