Tue. Dec 24th, 2024

सी चिनफिङ र सामान्य किसानबीचको चिट्ठी

काठमाण्डौं, २०७९ असार १५ गते बुधबार । जुन २७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले एक किसानलाई चिट्ठीको जवाफ फर्काउनुभयो-“चिट्ठी पाएँ। मलाई तिम्रो सम्झना छ, तिमी आनह्वी प्रान्तीय थाइह जिल्लामा खेती गर्न सक्षम मान्छे हौ।”

चिट्ठीमा उहाँले यसरी लेख्नु भएको छ-“म सधैँ खाद्य उत्पादनमाथि ध्यान दिने गर्छु, र विभिन्न क्षेत्रको अनुसन्धानको क्रममा प्रायः खेतीभूमिको निरीक्षण गर्छु। चिनियाँ जनताले आफ्नो थाल, कचौरा आफ्नै हातमा दृढतापूर्वक राख्न र किसानहरूलाई पैसा तथा लाभ कमाएर राम्रो र सुन्दर जीवन बिताउनका लागि केही वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अन्न उत्पादनलाई समर्थन गर्न विभिन्न नीति र उपाय तर्जुमा गरेको छ।”

वास्तवमा चीनका सर्वोच्च नेता सी चिनफिङले किसानलाई चिट्ठीको जवाफ फर्काउने कुराबाट खाद्य सुरक्षामाथि दिइएको महत्व र किसानको जीवनमा दिइएको ध्यान झल्किएको छ। खाद्य सुरक्षा र किसानको जीवनबारे राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो- हामी सबै किसान हौँ हजारौँ हजार मामिलामध्ये खाद्य सबैभन्दा ठूलो र महत्वपूर्ण छ।

खाद्यान्न आधार हो
चीनले भातको थाल कचौरा आफ्नै हातमा राख्नुपर्छ। त्यसमा चिनियाँ खाद्य सामग्री राखिनुपर्छ। सर्वोच्च राष्ट्रिय नेता र सामान्य किसानबीच चिट्ठी आदानप्रदान अरू देशमा सामान्य छ कि?नेपाली साथीहरूको विचारमा अन्नपातको उत्पादन मात्रा बढाउने विषयमा कस्तो अनुदान नीति र कृषि प्रविधि उपयोगी हुन्छ?

Facebook Comments