Fri. Sep 20th, 2024

राष्ट्रपति भण्डारीद्वारा मन्त्रीमण्डल पुनर्गठन, एकीकृत समाजवादीका मन्त्रीहरु फेरिए (सूचीसहित)

काठमाण्डौ, २०७९ असार १२ गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको छ । सो जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानी खापुङ  र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हीरा केसीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरूले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको थियो ।

पुनर्गठित मन्त्रीपरिषद्को नामावली यस प्रकार रहेको छ ।

Facebook Comments