Sat. May 18th, 2024

श्रीमतीको घाँटी कसेर हत्या गरी प्रहरीकोमा पुगे भुसाल   

सन्धिखर्क, २०७९ असार १० गते शुक्रबार । अर्घाखाँचीको मालारानी गाउँपालिका-२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज शुक्रबार दिउँसो साढे २ बजे मालारानी-२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनुभयो ।

दुईजना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफुले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालय खनमा गएका थिए । प्रहरी निरीक्षक पौडेलका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ र घटनाका बारेमा अनुसन्धान भइरहेको छ । रासस

Facebook Comments