Sun. May 5th, 2024

दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डौं, २०७९ असार ७ गते मंगलबार ।  लामो समयपछि नेपाली सेयर काराबार मापक नेप्से केही उकालो लागेको छ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार ३७.४९ अंकले उकालो लागेको हो ।

यो वृद्धिसँगै नेप्से परिसूचक १९२२.३० को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१८ अंकले बढेर ३७४.३७ को विन्दुमा पुगेको छ । मंगलबार सेयर कारोबारमा भने खासै सुधार भएन । यस दिन जम्मा सवा एक अर्ब रुपैयाँको हाराहारी मात्र कारोबार भएको छ ।

मंगलबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । विकास बैंक समूह सर्वाधिक ३.८९ प्रतिशतले उकालो लागेको छ भने वित्त समूह ३.२९ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ समूहमा १.१९ प्रतिशत, व्यापार समूहमा २.९९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२२ प्रतिशत, जलविद्युत समूहमा २.७७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.८८ प्रतिशत, अन्य समूहमा १.८४ प्रतिशत, लघुवित्त समूहमा २.१७ प्रतिशत, जीवन बीमा समूहमा २.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.०९ प्रतिशत र लगानी समूहमा २.३४ प्रतिशतको बढोत्तरी आएको छ।

मंगलबार नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३७ लाख १२ हजार ७४६ कित्ता सेयर १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँमा किनबेच भएका छन् ।

Facebook Comments