Mon. Apr 29th, 2024

ब्रिक्सको चौधौँ शिखर सम्मेलन आगामी साता चीनमा हुँदै

काठमाण्डौं, २०७९ असार ३ गते शुक्रबार । चीनले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको १४ औँ शिखर सम्मेलन आगामी साता आयोजना गर्ने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार श्रव्य दृश्यका माध्यमबाट आयोजना हुने उक्त सम्मेलनको मुख्य विषय ‘उच्च गुणस्तरको ब्रिक्स साझेदारी विश्वव्यापी विकासका लागि नयाँ युगको सुरुवात’ हुनेछ ।

चिनियाँ राष्ट्रपति सी जिन पिङले यही असार १० गते विश्व विकाससम्बन्धी उच्चस्तरीय बैठक आयोजना गर्नु हुनेछ ।

बैठकमा ब्रिक्स नेता,उदीयमान अर्थतन्त्र भएका मुलुक र विकासोन्मुख देशका नेताले भाग लिनेछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जेइचीको अध्यक्षतामा ब्रिक्स राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रिय सुरक्षासम्बन्धी उच्च प्रतिनिधिहरूको सहभागितामा भएको १२औँ बैठकपछि हुन लागेको हो ।

Facebook Comments