Mon. Dec 23rd, 2024

नेपाल र रुसबीच खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

काठमाण्डौं, २०७९ असार १ गते बुधबार । नेपाल र रुसबीच खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रुस-नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गर्नुभएको हो । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहनु भएका मन्त्री गहतराज र रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।

भ्रमणको दोस्रो दिन मन्त्री गहतसहितको प्रतिनिधि मण्डल र रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । छलफल पश्चात नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबीच मैत्रिपूर्ण तथा प्रतिश्पर्धात्मक खेलहरुको आदान-प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नकालागि छात्रवृत्ति सहयोग लगायत विषय समेटीएको “रुस-नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्नुभएको मन्त्रालयको भनाइ छ ।

सो अवसरमा बोल्दै रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया उत्साहित भएको बताउनु भयो।

मन्त्री गहतराजले नेपाल र रुसबिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामन्जस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रुसले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गर्नुभयो । साथै मन्त्री अथकले रुसका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिनुभएको छ ।

Facebook Comments