Thu. May 2nd, 2024

मुसलधारे वर्षाले ८० हजारभन्दा बढी प्रभावित   

 नानचाङ, २०७९ जेठ ३१ गते मंगलबार । पूर्वी चीनको जियाङ्सी प्रान्तमा परेको अविरल वर्षाले ८० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन् । आइतबारदेखि परेको झरिले चार हजार दुई सय हेक्टर जमिनमा लगाइको बालीमा पूर्णरूपले क्षति भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार बाढी नियन्त्रणका लागि आपत्कालीन प्रक्रिया प्रारम्भ गरिएको छभने उद्धारका काम पनि द्रुत गतिमा भइरहेका छन् । हालसम्म छ हजार नौसय ९० जनालाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकिएको छ । आगामी सातासम्म जियाङ्सी प्रान्तका केही स्थानमा भारी वर्षा हुने अनुमान मौसम विज्ञान विभागले गरेको छ । रासस/सिन्ह्व

Facebook Comments