Thu. May 2nd, 2024

पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्धारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती   

इस्लामावाद, २०७९ जेठ ३० गते सोमबार ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिनु भएको छ । अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेबारी लिन नपाई प्रधानमन्त्री पदबाट वाहिरिनु भएका खानले आफैलाई विस्थापित गर्नु भएका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिनु भएको हो ।

पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) का अध्यक्ष समेत रहनु भएका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गर्नुभयो । अहिले भइरहेको गठवन्धन सरकारमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असंभव रहेको उहाँको भनाई छ ।

आगामी निर्वाचनपछिको नतिजामा गठवन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठूलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गर्नुभयो ।

सरकारका गलत क्रियाकलापका बारेमा आफ्नो पार्टीले सर्बोच्च अदालतबाट कानुनी उपचार खोज्ने उहाँले जानकारी दिनुभयो ।आफुले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उहाँले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाउनुभयो ।  रासस/एएनआई

Facebook Comments