Thu. May 2nd, 2024

जिल्ला समन्वय समिति सुनसरीमा कांग्रेस उम्मेदवार विजयी   

इनरुवा,२०७९ जेठ ३० गते सोमबार । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित हुनुभएको छ ।

उपप्रमुखमा कमला दाहाल विजयी हुनुभएको छ । दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित हुनुभएको छ । एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यतर्फ निर्विरोध हुनेमा टङ्कप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् ।

Facebook Comments