Mon. May 6th, 2024

धनगढीका समाजसेवी श्यामसुन्दर तायल पशुपतिको सल्लाहकारमा मनोनीत   

काठमाण्डौं, २०७९ जेठ २८ गते शनिबार ।  पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ । उहाँलाई आज समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।

उहाँका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धारलगायत कोषलाई विविध क्षेत्रमा योगदान पुर्याउनका लागि तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो । तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको बताइएको छ ।

Facebook Comments