Sat. Jul 27th, 2024

वाग्मती प्रदेशमा आज सार्वजनिक विदा

काठमाडौं, २०७६ माघ १० गते शुक्रबार

सोनाम ल्होसार पर्वको अवसरमा वाग्मती प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदाको दिने घोषणा गरेको छ । सो विदा वाग्मती प्रदेश सरकार अन्तगर्तका निकायहरूमा मात्र लागू हुनेछ ।

गतवर्ष तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा नगरेको वाग्मती प्रदेश सरकारले यो वर्ष दिने निर्णय गरेका हो । वाग्मती प्रदेश सरकारले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार वाग्मती प्रदेशको एक प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसारको अवसरमा शुक्रबार प्रदेशभर सार्वजनिक विदा गरिएको जनाएको छ ।

Facebook Comments