Mon. May 20th, 2024

मुस्लिम बनेर भारतमा बस्‍न सक्‍दिन : नसिरुद्धिन शाह

मुम्बइ, २०७६ माघ ९ गते बिहीबार

बलिउडका प्रभावशाली अभिनेता नसिरुद्धिन शाहले आफू मुस्लिमको रुपमा भारतमा बस्न नसक्ने बताएका छन् ।

६९ वर्षीय अभिनेता नसिरुद्धिनले भारतको नयाँ विवादास्पद नागरिकता संशोधन कानुनप्रति दुख व्यक्त गर्नुभएको छ । उहाँले भारतको पछिल्लो अवस्थाबाट आफू दुखी भएको प्रतिक्रिया दिनु भएको छ । भारतमा नागरिकता कानुनको विरोधमा प्रदर्शन भइरहँदा फिल्मको प्राज्ञिक बहस गर्ने नसिरुद्धिनले पहिलो पटक मौनता तोड्नु भएको हो । ‘द वायर’ले लिएको अन्तर्वार्तामा नसिरुद्धिनले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

उहाँले ७० वर्षपछि आएर आफूलाई मुस्लिम प्रमाणि गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । ‘म र मेरो परिवारले अहिलेसम्म यहाँ बस्न मुस्किल छ जस्तो लागेको थिएन, तर अहिले उनीहरुलाई मुस्लिमको रुपमा भारतमा रहन सकिँदैन भन्ने लागेको छ,’ शाहले भन्नु भएको छ । साथै यस्तो संवेदनशील मुद्दामा पनि बलिउडका अरु प्रभावशाली अभिनेताहरु मौन रहेकोमा अचम्म मानेको उहाँले बताउनु भयो । नरेन्द्र मोदी नेतृत्वको २०१९ मा नागरिकता संशोधन सम्बन्धी नयाँ कानुन ल्याएको थियो । जुन कानुन मुस्लिम समुदायप्रति पूर्वाग्रही भएको भन्दै देशव्यापी प्रदर्शन हुँदैआएको छ । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments