Sat. May 11th, 2024

ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा भ्रष्टचार सूचाकांक सार्वजनिक : नेपाल ११३ औं स्थानमा

काठमाडौं, २०७६ माघ ९ गते बिहीबार

भ्रष्टाचार निवारण सम्बन्धी विश्‍वव्यापी सूचकांकमा नेपालको स्थान थोरै सुधार सुधारोन्मुख देखिएको छ।

 ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचाकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई)-२०१९’मा नेपाल यसपटक ११३ औं स्थानमा उक्लिएको छ।गत वर्ष १२४ औं स्थानमा रहेको थियो।

टीआइलेले जम्मा १ सय ८० देशको भ्रष्टाचार तथा सुशासनको अध्ययन गरी तयार गरेको रिपोर्ट बिहीबार विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हो।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णांक आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ । नेपालले भने ३४ नम्बर ल्याएको छ । अघिल्लो वर्ष ३१ मात्रै ल्याएको थियो ।

विश्वमा सबैभन्दा कम अंक ल्याउने अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया रहेको रिपोर्टले देखाएको छ । जसको जम्मा ९ अंक रहेको रिपोर्टले देखाएको छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ । ५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ ।

४३ भन्दा कम अंक ल्याउने मुलुकलाई असफल नै भएको मानिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलका अध्यक्ष खेमराज रेग्मीका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था भने छैन । उनी भन्छन्, ‘अघिल्लो वर्षभन्दा बढी अंक ल्याएको देखिए पनि व्यवहारमा भ्रष्टाचार घट्न सकेको छैन।’

टिआईका अध्यक्ष डेलिया फरेरा रुबियोले सरकारी तहमा हुने भ्रष्टाचार घटाउन र नतामा राज्यका निकायहरुप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनु भएको छ। दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ। अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments