Sun. May 19th, 2024

चीनमा विश्वको पहिलो उच्च गतिको रेल र राजमार्गको पुल निर्माण कार्य पूरा

काठमाण्डौं, २०७९ जेठ १८ गते बुधबार । मे ३१ तारिखका दिन दक्षिणपश्चिम चीनको स छ्वान प्रान्तको यिपिन लिङ्गाङ राजमार्ग-रेलमार्ग दोहोरो उद्देश्यीय याङसी नदीको पुल निर्माण सम्पन्न भएको छ। सो पुलको कुल लम्बाइ करिब १ हजार ७ सय ४२ मिटर रहेको छ भने चौडाइ करिब ६४ मिटर रहेको छ।

पुलको बीचमा ३०० किलोमिटर प्रतिघण्टाको उच्च-गतिमा चल्ने ४ लेन रेलमार्गहरू छन्। यसबाहेक दुवैतर्फ दुईतर्फी ६ लेनको सहरी एक्सप्रेसवेहरू छन् भने बाहिरी छेउमा फुटपाथ र गैर-मोटर चल्ने लेनहरू छन्। सीआरआई

Facebook Comments