Fri. May 17th, 2024

अमेरीकाको हेरिस्वर्गमा बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाँचौं सृंखला हुने

काठमाण्डौं, २०७९ जेठ १५ गते आईतबार । अमेरीकाको हेरिस्वर्गमा हुन लागिरहेको बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाँचौं सृंखलाको बिषयमा पत्रकार सम्मेलन गरि आज कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

विश्व भूटानी साहित्य समाज(जिबिएलओ) बिभुसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागिरहेको अनुष्ठानको बारेमा डिजिटल प्लेटफर्म जुम मार्फत पत्रकारहरुलाई जानकारी गराईएको हो ।

समाजको विकाशका लागी भाषानै प्रमुख बिषय रहेकोले भाषाको संरक्षण, सम्बर्धन र बिकाशले समाजको पनि सार्वभौम बिकाश हुने भन्दै कार्यक्रमलाई सफल बनाउन विश्वभरी रहेका नेपाली भाषि साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिनुभयो ।

अमेरीकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखी ३१ तारिख सम्म तिन दिन सञ्चालन हुने कार्यक्रममा पुस्तक बिमोचन, कार्यपत्र, सिद्धान्त माथि बहस, साहित्यिक साँझ सहित साँस्कृतिक साँझ र स्रष्टा भ्रमण गरि बिभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो । यसका साथै यस पटक देखी नेपाली साहित्यमा बिशिष्ट योगदान गर्नुहुने अग्रजलाई सम्मान समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लिल बहादुर क्षेत्रीलाई लाईफटाईम अचिबमेन्ट अवार्ड दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालमै रहेर नेपाली भाषाको क्षेत्रमा विश्व समुदाय समक्ष परिचित प्रा. डा. गोविन्दराज भट्टराई, सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ, साहित्यकार मुक्ति बराल लगायतको सहभागीता रहने जिविएलओका महासचिव पातलो अन्तरेले जानकारी दिनुभयो । कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा सहित्य बिभागका डिन प्रा. डा. कविता लामाले कार्यपत्र प्रस्तुत गर्नुहुने छ भने भारत, न्युजिल्यण्ड, क्यानाडा, मेक्सिको लगायतका देशहरुबाट समेत सहभागीता रहने कार्यक्रमका प्रचार सम्योजक अर्जुन प्रधानले जानकारी दिनुभयो ।

Facebook Comments