Mon. May 20th, 2024

स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु

 राजविराज, २०७९ जेठ १५ गते आईतबार ।  हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन नगरपालिका-५ जाँजरमा आज स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँ रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उहाँको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००२२ नं को स्कारपिओले पैदल गइरहेका मियाँलाई ठक्कर दिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Facebook Comments