Mon. May 20th, 2024

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

काठमाण्डौं, २०७९ जेठ १५ गते आईतबार । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ ।

त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।

पोखराबाट जोम्सोङका लागि उडेको तारा एयरको 9N एईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो ।

नेपाल टेलिभिजनका कास्की सम्वादददाता रमेश पौडेलले दिनु भएको जानकारी अनुसार पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको हो । विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ ।

नेपाल टेलिभिजनका कास्कीस्थित अर्का संवाददाता परशुराम शर्माका अनुसार विमानमा ४ जना भारतीय तथा २  जना जर्मन नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।

विमान आज विहान करिव १०: ३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।

जहाजमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ जना सदस्य पनि छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।   (रासस)

Facebook Comments